पाँच चर्चित रुसी नायिका

Breaknlinks
Breaknlinks

विश्व सिनेमाको क्षेत्रमा हलिउड, बलिउड र इरानी सिनेमापछि रुसी सिनेमालाई गन्ति गरिन्छ। रुसी सिनेमाको साथै रुसी कलाकारको फ्यान पनि संसारभरि फैलिएका छन्। 

हालै पिपुल म्यागजिनले दर्शकको अनलाइन भोटिङ्गको आधारमा पाँच सुन्दरी नायिकाको छनाेट गरेको छ। यो आलेखमा त्यति नै पाँच सुन्दरीको सामान्य परिचय पाठकसमक्ष राखिएको छः

पहिलो हुन्, एकतेरिना क्लिमोवा, रसियन सिनेमा र टेली धारावाहिकमा अभिनय गरेकी यी नायिकाले धेरै पुरस्कार पनि जितेकी छिन। दर्शकको छनाेटमा यिनी एक नम्बर सुन्दरी नायिका हुन।

दोश्रो नम्बरमा परेकी छिन्, ओल्गा क्रसको। रुसी सिनेमा, टेली धारावाहिक र रङ्गमञ्चको अभिन्न अङ्ग रहेकी नायिका क्रसकोले पापा, टाइम टु कलेक्ट स्टोन, इन द स्टाइल अफ बजसहित धेरै सफल रुसी सिनेमामा अभिनय गरेकी छिन् र क्रसको रुसी सिनेमामा सन् २००१ देखि सक्रिय छिन्।

तेश्रो नम्बरमा परेकी छिन्, ओल्गा बुदिना। चेक, डाउन हाउस र मस्को सागा जस्ता सफल सिनेमामा अभिनय गरेर दर्शकको मन जित्न सफल नायिका बुदिना एक चर्चित अभिनेत्री हुन्।

चौथो नम्बरमा छिन्, नताशा स्टिफनेङ्को। मुलतः स्टिफनेङ्को टेली धारावाहिक कि नायिका हुन् तर यिनले केहि सिनेमामा पनि अभिनय गरेकी छिन्। डु यु माइण्ड, आइ किस मम्मी र स्टिल फ्रेन्ड यिनले अभिनय गरेको सफल सिनेमा हुन्।

पाँचौ नम्बरमा परेकी छिन्, लाइङ्का ग्रियु। सन् १९९२ देखि रुसी सिनेमामा सक्रिय ग्रियुले हु इफ नट अस, न्याकेड नेचर, पप्स र सर्लक होम्स जस्ता बहुचर्चित सिनेमामा अभिनय गरेकी छिन्। ग्रियुलाई रुसी सिनेमाका दर्शकले देबीको उपाधि दिएका छन्।

प्रकाशित मिति: : 2020-11-26 19:53:00

प्रतिकृया दिनुहोस्