माेरङमा जुवा तास खेल्ने ७ पक्राउ

प्रहरीले मोरङको उर्लाबारी नगरपालिका ९ बाट जुवा तास खेल्ने सात जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले जुवा तास खेलिरहेको जानकारीका आधारमा ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा उर्लाबारीका बाबुराम कार्की, डम्बरबहादुर लिम्बु, विमल डाँगी, दिवान मगर, गोविन्द पुरी र विष्णु राउत तथा केपिलासगढी गाउँपालिका खोटाङका कुबिरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-27 13:49:00

प्रतिकृया दिनुहोस्