अरुलाई आकाशमा उडाएर रमाउँछिन् २८ वर्षीया कृशु पौडेल

बर्षा शाह

आकाशमा आफूसँगै यात्रुलाई उडाएपछि फेवा तालको छेउमा उनले ल्याण्ड गराउँदै थिइन्। त्यो दिन उनीसँगै एडभेञ्चरको अनुभव लिन खाजेका आफ्ना यात्रुलाई केही असहज भएको थियो। तर पनि उनले आफ्नो ग्राहकलाई सहज बनाउने कोशिससँगै फेवातालको नजिकै ल्याण्ड गराइन्।

यसरी एडभेन्चरमा रमाइरहेकी २८ वर्षकी कृशु पौडलले आफूसँगै अरुलाई पनि एडभेञ्चर अर्थात प्याराग्लाइडिङको अनुभव गराइरहेकी छन्। पोखराकी कृशुले यसरी प्याराग्लाइडिङ अनुभव गराउन थालेको ९ वर्ष भइसकेको छ ।

सुरुमा अनुभव लिनको लागि प्याराग्लाइडिङ गर्न पुगेकी उनलाई रमाइलो लाग्यो। त्यही नै बेला उनले थाहा पाइन्, नेपाली महिला पाइलट रहेनछन्। उनलाई आफूमात्र हैन अरुलाई लिएर उड्ने रहर जाग्यो। त्यसैलाई पूरा गर्न उनले ब्लु स्काई प्याराग्लाइडिङबाट यसको कोर्स गरिन्।

कोर्स सकेपछि लाइन्सेस लिन ३ वर्ष लाग्यो। अहिले पोखरामा भएका ३३८ जना पाइलट मध्यकी उनी एक हुन् । ३३८ मध्य १२ महिला मध्यमा उनी पर्छिन्। ‘जुन बेला मैले लाइन्सेस लिएको थिएँ, त्यतिबेला हामी तिन जना मात्र युवतीहरु थियौँ,’ उनले भनिन्।

प्रकाशित मिति: : 2020-11-30 17:11:00

प्रतिकृया दिनुहोस्