भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गएराति राति सवा १० बजे थिमि नगरपालिका ४ एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरकै २९ वर्षका राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। स्कुटर दुर्घटना हुनुको कारण भने नखुलेको प्रहरीको भनाई छ।

प्रकाशित मिति: : 2020-12-01 08:40:00

प्रतिकृया दिनुहोस्