फेरि च्यातियो महेश चौधरी दम्पतीको होडिङबोर्ड

महेश चौधरी दम्पतीको दशैं, तिहार र छठ पर्वको शुभकामना होडिङबोर्ड च्यातिएको छ। होडिङबोर्ड च्यातिएको यो दोश्रो पटक हो।

महेशले श्रीमती संगीता कर्मचार्यसँगको सयुक्त फोटो राखेर नगरवासीलाई शुभकामना दिन जय–नेपाल चिया पसलअगाडि होडिङबोर्ड झुण्ड्याएका थिए।

नेपाली कांग्रेस लहान नगर सभापती रहेका चौधरीले होडिङबोर्डमा भने आफू र श्रीमती संगीतालाई समाजसेवी भनेर चिनाएका छन्। 

पार्टिको नाममा चन्दा उठाएर श्रीमती संगीता र आफूले व्यक्तिगत रूपमा राहत वितरण गरेको भन्दै पार्टिभित्र उनको आलोचना भएको थियो।

यस‌ै बिषयलाई लिएर यसअघि जय–नेपाल चिया पसलमा स्थानीय दीलिप कुमार दास उर्फ झगरूसँग बिबाद पनि भएको थियो।

चौधरीले आगामी स्थानीय तह चुनावमा कांग्रेसबाट लहान नगरपालिकाको भावी उम्मेदवार दावी गर्दै आएका थिए। 

जय–नेपाल र योसँग जोडिएको लाल सलाम चिया पसल लहानमा चर्चित छन्। कांग्रेस र नेकपा निकट नेताहरूले चिया पिउने भएको हुनाले यो पसलको नाम नै जय–नेपाल चिया पसल र लाल सलाम चिया पसल भएको पसलकी सञ्चालिका रञ्जना चौधरी बताउँछिन्। 

शिक्षा क्षेत्रका सफल व्यवसायी रहेका कांग्रेस नेता दम्पतीले लहानमा होडिङबोर्डमार्फत समाजसेवी भएको प्रचार गरिरहँदा लहान बजार छेउमै पडरिया गाउँका ७५ वर्षीया लरूबती सदा अभावै अभावमा मरेतुल्य जीवनयापन गरिरहेकी छिन्।

प्रकाशित मिति: : 2020-12-01 15:48:00

प्रतिकृया दिनुहोस्