लिभरपुल नकआउट चरणमा

बिएल संवाददाता

काठमाडाै‌ं

 इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान एनफिल्डमा डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा कर्टिस जोन्सले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले ५८औं मिनेटमा निको विलियम्सको पासमा गोल गरेका थिए । 

यस खेलमा हार बेहोरेपनि लिभरपुल समूह विजेता नै हुनेछ । लिभरपुलको ५ खेलबाट १२ अंक रहेको छ । 

समान खेलबाटै एट्लान्टाको ८ तथा आयाक्सको ७ अंक छ । मिट्जेल्यान्डको १ अंक छ । अर्काे साता आयाक्स र एटलान्टाबीचको खेलबाट यस समूहबाट नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित मिति: : 2020-12-02 07:14:00

प्रतिकृया दिनुहोस्