फ्रि भिसा र फ्रि टिकट : कामदारलाई काम लागेन, म्यानपावरलाई छोएन

शिलापत्र

काठमाडौँ
सांकेतिक तस्बिर

रमेश भारती

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सरकारले २०७२ सालदेखि फ्रि भिसा, फ्रि टिकट लागू गरेको थियो । फ्रि भिसा र टिकट लागू गरेयता करिब २५ लाख युवायुवती रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । 

नेपालबाट फ्रि भिसा र फ्रि टिकटमा कति कामदार वार्षिक रुपमा वैदेशिक रोजगारीमा म्यानपावरमार्फत विदेश जान्छन् भन्ने सरकारसँग तथ्यांक छैन । विभागले म्यानपावर व्यवसायीसँग आर्थिक वर्ष २०७३/७४ मा विवरण मागेको थियो । त्यसबेला केही सीमित म्यानपावरले मात्र विवरण बुझाएको तथ्यांक विभागसँग छ ।

आधाभन्दा धेरै म्यानपावर कम्पनीले विभागले मागेको विवरण बुझाएन् । त्यसपछि विभागले म्यानपावर कम्पनीसँग फ्रि भिसा फ्रि टिकटको विवरण पुन मागेको पाइँदैन । 

वैदेशिक रोजगारीमा जाने कामदार फ्रि भिसा र टिकटमा बाहिरिएको तथ्याङ्क न विभागसँग छ न त म्यानपावर व्यवसायीसँग नै । सरकारले मलेसिया, साउदी, कतार, युएई, बहराइन, कुवेत, जोर्डन र ओमान जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । फ्रि भिसा र फ्रि टिकट लागू भएको ५ वर्षसम्म यो सेवाको उपभोग कामदारले गर्न पाएका छैनन् ।

प्रकाशित मिति: : 2020-12-02 12:16:00

प्रतिकृया दिनुहोस्