स्वरसम्राट नारायणगोपालको ३० औँ स्मृति दिवस मनाईँदै

स्वरसम्राट नारायणगोपाल गुर्वाचार्यको ३० औँ स्मृति दिवस शुक्रबार मनाईँदै छ।

नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ।

तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण भिडभाडयुक्त कार्यक्रम हुने छैनन्, तर सीमितको सहभागितामा कार्यक्रम हुँदैछन्।

वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो। 

विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गएका छन्।

नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गएका छन्। उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन्।

प्रकाशित मिति: : 2020-12-04 08:47:00

प्रतिकृया दिनुहोस्