मेसीलाई बेच्नै पर्छ, अरु उपाय छैन: कार्यबाहक अध्यक्ष टस्केट्स

बार्सिलोनाका कार्यबाहक अध्यक्ष कार्लेस टस्केट्सले लियोनल मेसीलाई बेच्नुपर्ने बताएका छन्। मेसीलाई बेचे क्लबलाई आर्थिकरुपले नाफा हुने उनको भनाई छ। 

टस्केट्सले कल्बलाई परेको आर्थिक भार कम गर्न भएपनि गत ‘समर विन्डो’ मै बेच्नुपर्ने बताएका हुन्। 

‘उनलाई बेच्दा आर्थिक रुपमा कल्बलाई फाइदा हुने थियो। उनले पाउदै आएको तलब र त्यसले क्लबको बढ्दो घाटालाई पूर्ति गर्नसक्थो,’ उनले भने। 

कोरोका कारण बार्सिलोनाको आर्थिक अवस्था बिग्रेको छ। खेल हेर्न दर्शक समेत नआउने भएका कारण बार्सिलोनाले आय–आर्जनको ठूलो हिस्सा गुमाउँदै आएको छ।   

उनले प्रशिक्षकले मेसी बेच्च असहमति राखेको प्रतिसम्म आपत्ति जनाए। 

‘कि त नयाँ अध्यक्षले जादु गर्नपर्‍यो,’ उनले भने,‘कि त भएका खेलाडी बेच्नुपर्‍यो, नत्र अरु उपाय छैन।’

मेसीको बार्सिलोनासँगको सम्झौता आउँदो समरमा समाप्त हुनेछ, त्यसपछि उनी जुन कुनै क्लब जान स्वतन्त्र हुनेछन्। 

जसबापत बार्सिलोनाले सरुवा रकम पाउने छैन। त्यसो त मेसीले यसै सिजनको सुरुवातामा क्लब छाड्ने इच्छा देखाएका थिए। 

तर कल्बका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउले मेसीले कल्ब छाडेर जाने भए ७०० मिलियन बढी रकम तिर्नुपर्ने भन्दै रोकतोक गरेका थिए।  

गत अक्टोबर २७ मा तत्कालिन अध्यक्ष जोसेप मारिया र्बातोमोउले राजिनामा दिएपछि कार्यबाहक भुमिकामा रहेका टुस्केट्स छन्।

प्रकाशित मिति: : 2020-12-04 15:35:00

प्रतिकृया दिनुहोस्