नेपाललाई मार्क्स होइन, अम्बेडकरको खाँचो छ

हिमाल खबर

काठमाडौँ

राजकिशाेर रजक 

 

डा. भीमराव अम्बेडकरको विचारधारा लोकजीवनका लागि आज पनि उत्तिकै उपयोगी छ। उनले अछूत र मजदूरको जीवन बाँचे। दलित र मजदूर वर्गकै हित र अग्रगतिका लागि उनका विचार र कर्म केन्द्रित रहे। उनको स्मृति दिवसको अवसर संसारभरिका दलित तथा श्रमजीवी वर्गले स्वतन्त्रता, समता र भ्रातृत्वको विचारधारा आत्मसात् गर्ने उपयुक्त प्रस्थानविन्दु हुनसक्छ।

नेपालमा भएका सम्पूर्ण सामाजिक तथा राजनीतिक आन्दोलनलाई मसिनो गरी अध्ययन गर्दा अम्बेडकरको दृष्टिकोण कतै देखिंदैन। २००७ सालको आन्दोलनदेखि २०६२/६३ सालको जनआन्दोलन, माओवादी सशस्त्र विद्रोह, मधेश विद्रोह, दलित आन्दोलन र महिला आन्दोलनमा अम्बेडकर सुनिंदैन। आश्चर्यको कुरा के छ भने, अम्बेडकरले काठमाडौंमा २० नोभेम्बर १९५६ मा ‘बुद्ध वा कार्ल मार्क्स’ भन्नेबारे दिएको ऐतिहासिक भाषणबाट पनि यहाँको दलित बहुजन तथा श्रमजीवी वर्ग अनभिज्ञ छन्। सवर्ण सत्ताले अम्बेडकरको क्रान्तिकारी विचारधारालाई लुकाउन सक्दो कोशिश गर्‍यो।
थप सामग्री : https://www.himalkhabar.com/news/121080

प्रकाशित मिति: : 2020-12-06 08:41:00

प्रतिकृया दिनुहोस्