अमेरिकाको मेरिल्याण्ड निवासी गायिका रानी शाक्यको तीन गीत सार्वजनिक भएको छ।
‘चिया बारीमा’, ‘बैशालु जोवन’ र ‘डुब्न लागेको घाम’ उनकै आफ्नै युट्युब च्यानलबाट रिलिज भएको हो।
केही चलचित्रहरुमा पनि पार्श्व गायन गरिसकेकी गायिका शाक्य नेपाल आर्ट एण्ड कल्चर म्युजिक अवार्ड–२०७७, स्पर्श म्युजिक भिडियो अवार्ड २०२० बाट पुरस्कृत भएकी थिइन्।
सबै विधाका गीतहरु गाउन रुचाउने गायिका शाक्य पेशाले चिकित्सक हुन्।