सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति हो: कांग्रेस (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएहरु उत्रिएको बताएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा उनले यस्ता असन्तुष्टि पक्षहरुलाई नियन्त्रण गर्न सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्नुपर्ने कांग्रेसका नेताहरुले बताएका छन्। 

‘अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति हो,’ कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ।’

यस्ता प्रवृत्तिहरुले व्यपकता लिने नलिने सरकारको गतिविधिमा भरपर्ने कांग्रेसले बताएको छ।

यता बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको पनि बताए। 

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ।

प्रकाशित मिति: : 2020-12-08 14:57:00

प्रतिकृया दिनुहोस्