सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने– हिन्दू राजावादी परास्त गर्न सबै दल एकजुट हाैँ (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले  हिन्दू राजावादी परास्त गर्न एकजुट हुनु आग्रह गरेका छन्। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि खतरामा परेको भन्दै सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन उनले आह्वान गरेका हुन्। 

प्रधानमन्त्री ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो। 

बैठकमा उनले पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने पनि बताए।

‘संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोध सह्य हुने छैन। यसलाई राेक्न सबै दललाई एकजुट हुन सबैमा आग्रह गर्छु,’ उनले भने।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  राजतन्त्रको पक्षमा रहेको भइरहेको आन्दोलनमा नैतिक समर्थन रहेको बताएका छन्।
 
उनीहरुले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे निकास खोज्ने सार्वदलीय बैठकमा आग्रह गरे।

 राप्रपाका नेता दीपक बोहोराले भने, ‘हामीले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा सर्वदलीय बैठकबाट छलफल र निर्णय गरौं भनेर प्रस्ताव राखेका छौं।’

११ बजे सुरु भएको बैठक तीन घण्टासम्म चलेको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी थिए। 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए।
 

प्रकाशित मिति: : 2020-12-08 15:22:00

प्रतिकृया दिनुहोस्