उत्साहित कमल, निराश पुष्पकमल

नेपाल लाइभ

काठमाडौँ

भानु बोखिम

वर्तमान राजनीतिको परिदृश्यमा दुई कमल विपरीत अनुभुति लिएर बाँचिरहेका छन्। एक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजावादीको र्‍यालीले उत्साहित छन्। अर्का नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आफ्नै सहअध्यक्षको हर्कत र राजावादीको उत्साहले निराश देखिएका छन्।

थापा र दाहाल दुवै राजनीतिका चतुर खेलाडी हुन्। तर राजनीतिमा चतुर्‍याईंले मात्र पनि काम गर्दैन। समय र परिस्थितिले पनि साथ दिनुपर्छ। राजनीतिमा परिस्थितिले साथ दिएमा अरुको योगदानले आफूलाई फाइदा मिल्छ। कमल थापाले पञ्चायती व्यवस्थाबाट राजनीति सुरु गरेर आजसम्म पनि यात्रा जारी राखेका छन्।

पञ्चायतले राजालाई महान् देखाउने प्रयत्न गर्‍यो। राजालाई महान देखाउने नाममा विश्वेश्वरप्रसाद कोइरालाजस्तो नेतालाई अनेकौं किसिमले हिलो छ्याप्यो। अर्को पञ्चायतले हिन्दूधर्मलाई शासन सत्ताको आधार बनायो। कमल थापाको राजनीतिक दर्शन, सोच यहि पञ्चायतले महिमा गाएको राजतन्त्र र हिन्दूवादसँग जोडिएको छ।

अर्कोतिर पुष्पकमल दाहाल १० वर्ष लामो सशस्त्र युद्धको पृष्ठभुमिमा स्थापित नेता हुन्। माओवादी युद्धसँगै गणतन्त्र र धर्मनिरपेक्षता जोडिएर आएका हुन्। माओवादी आन्दोलनको प्रस्थानमा धर्मनिरपेक्षता र गणतन्त्रको मुद्दा थियो कि थिएन? यो बहसको विषय होला तर बैठानको समय गणतन्त्र र धर्मनिरपेक्षता सघन मुद्दा बनिसकेको थियो। आज माओवादी आन्दोलनले बोकेका मूल मुद्दा समेटेर लेखिएको संविधान छ, तर तिनै आन्दोलनको नेतृत्व गरेर आएका पुष्पकमल दाहाल निराश छन्। राजतन्त्र फर्किने सम्भावना न्यून छ, तैपनि कमल थापा उत्साहित देखिन्छन्। 

प्रकाशित मिति: : 2020-12-08 19:28:00

प्रतिकृया दिनुहोस्