कांग्रेसले मंसिर २९ गते पर्सामा सरकारविरुद्ध प्रदर्शन गर्ने

नेपाली कांग्रसले पर्साले मंसिर २९ गते सरकारको विरोध गर्ने भएको छ l 

कांग्रेसको केन्द्रीय कार्यालयको निर्णय अनुसार पर्साले विरोध कार्यक्रमकाे आयोजना गर्न लागिएकाे जिल्ला सचिव श्याम पटेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख  छ l 

उक्त विज्ञप्तिमा भनिएको छ, 'तनहुँ जिल्लामा गत १७ गते सरकारले गरेको दमनकारी व्यवहार लगायत विभिन्न विभेद् पक्षपात र सर्वसत्तावादी प्रवृति तथा कोभिड १९ को नियन्त्रण र उपचारमा देखाएको उदासीनता र अकर्मण्यता, स्वास्थ्य सामग्री खरीद लगायत अन्य सबै खाले भ्रष्टचार तथा बेतिथिविरुद्ध प्रदर्शन गर्न लागेका हाैं।' 

पार्टीका अनुसार बिहान ११ बजे वीरगञ्जको घण्टाघरमा  प्रदर्शन गरिने छ।

नेपालको प्रबेशद्वार वीरगञ्जको प्रमुख सीमा नाका नेपालतर्फ् मात्र बन्द भई सर्बसाधारण नागरिकले हालसम्म भोगिरहेको विभिन्न किसिमको समस्यालाई समाधान गर्नका निम्ति सो सम्बन्धित निकाय समक्ष माग गर्ने पनि जनाइएकाे छ l 

प्रकाशित मिति: : 2020-12-09 09:59:00

प्रतिकृया दिनुहोस्