नवजात शिशु मृत फेला

पाल्पाको प्रहरीले गएराति बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ ।

बगनासकाली गाउँपालिका १ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरीले जनाएकाे छ।

अनुसन्धान गर्दै जाँदा उक्त नवजात शिशु तानसेन नगरपालिका १४ घर भई बगनासकाली गाउँपालिका ३ स्थित माइती घरमा बस्दै आएकी २६ बर्षीया हुमा कुमारी दर्जीले फालेको प्रबक्ता डिएसपी मदन गिरिले जानकारी दिए।

ती महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न लागिएको पाल्पाकाको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: : 2020-12-09 11:20:00

प्रतिकृया दिनुहोस्