हिंसापीडित कोषको स्थापना

सांकेतिक तस्बिर

तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ। 

पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ। आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताए।

कतिपय महिला औषधि उपचार, खान लाउन नपाएको र महिला हिंसाबाट पीडित भएको भनेर आउने गरेकाले सहयोग गर्न उक्त कोष बनाइएको उनले जानकारी दिए। 

नगरप्रमुख बैकुण्ठ न्यौपानेले महिला हिंसा चेतनामूलक कार्यको लागि लाग्ने आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हिंसापीडित महिलालाई परामर्श आवश्यक पर्ने हुँदा नगरपालिकाले सहयोग गर्दै जाने उनले बताए। रासस  

प्रकाशित मिति: : 2020-12-09 13:06:00

प्रतिकृया दिनुहोस्