‘आगामी चुनावसम्म महाधिवेशन हुँदैन, प्रचण्डलाई एकल अध्यक्ष बनाऔं’

अनलाइनखबर

काठमाडौँ

सइन्द्र राई

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक आइतबार पुनः बस्दैछ । बैठकमा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच अल्पमत-बहुमतको खेल जारी नै छ । तर, केही स्थायी कमिटी सदस्यचाहिँ ओली र प्रचण्डको भन्दा अलग्लै धार बनाउने प्रयासमा छन् ।

आफूलाई ओली वा प्रचण्ड-माधवको गुटमा सहभागी नगराई स्वतन्त्र भूमिकामा राख्न चाहने स्थायी कमिटीका सदस्यमध्ये एक हुन्- हरिबोल गजुरेल । पूर्वमाओवादी नेता एवं सांसद गजुरेल प्रचण्ड वा ओली कसैको पनि गुटमा नरहेको बताउँछन् ।

जारी स्थायी कमिटी बैठकले कसको पक्षमा निर्णय गर्ला ? ओलीको पक्षमा कि प्रचण्डको ? यो बैठकले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षबाट हटाउला कि कायमै राख्ला ? बैठकले प्रचण्डको प्रस्तावलाई फिर्ता गराउला कि नगराउला ? पार्टीभित्र चर्किएको विवादको समाधान स्थायी कमिटीले कसरी खोज्ला ? आफूलाई गुट निरपेक्ष बताउने गजुरेलसँग अनलाइनखबरले यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गरेको छ ।

स्थायी कमिटीमा स्वतन्त्र रहेको दाबी गर्ने गजुरेलले नेकपाको समस्या समाधान गर्ने सूत्र पनि बेग्लैखालको प्रस्तुत गरेका छन् ।

ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री बन्न दिनुपर्ने र आगामी निर्वाचनसम्मै महाधिवेशनमा नगई प्रचण्डलाई नेकपाको एकल अध्यक्ष बनाउनुपर्ने गजुरेलको प्रस्ताव छ । उनी भन्छन्, ‘भदौ २६ मै फर्किएर मात्रै हुँदैन । अबको निर्वाचनसम्म महाधिवेशन हुँदैन । त्यसैले अबको विकल्प भनेको एउटा प्रधानमन्त्री र अर्को अध्यक्ष हुने ।’

प्रकाशित मिति: : 2020-12-11 16:11:00

प्रतिकृया दिनुहोस्