नगरकोटीलाई ९ सवाल

देशसञ्चार

काठमाडौँ
Breaknlinks
Breaknlinks

 सुजाता खत्री 

कुमार नगरकोटीको नयाँ पुस्तक ‘कल्पग्रन्थ’ को हिजोआज ‘प्रि–बुकिङ’ भइरहेको छ। प्रयोगपरक साहित्य लेखक नगरकोटीले योपल्ट किताबलाई प्रिअर्डर गरेर पाठक समक्ष पुर्‍याउने घोषणा गरी मङ्सिरबाट बुकिङ खुल्ला गरेका छन्। यो पुस्तक बुकहिल पब्लिकेशनबाट प्रकाशित हुँदैछ। प्रकाशन गृहका अनुसार ७ सय ७७ पृष्ठको यो पुस्तकमा ६३ कथाहरु रहनेछन्। यो पुस्तक चैत १४ मा विमोचन हुने प्रकाशकले बताएका छन्।

परम्परागत रुपमा पुस्तक प्रकाशनको प्रचलन अनुसार प्रकाशन गृहले निश्चित सङ्ख्यामा पुस्तक प्रकाशन गरेर पाठक समक्ष पुग्थ्यो तर नगरकोटीको ‘कल्पग्रन्थ’ लाई पढ्न पहिला नै अर्डर गर्नुपर्ने छ। पाठकले फागुन १ गतेसम्म किताब अर्डर गर्न पाउनेछन्। यो किताब पुस्तक पसलहरुमा उपलब्ध नहुने प्रकाशकले बताएका छन्। कोही बिक्रेताले बिक्री गर्न चाहेमा यही योजनामा सहभागी हुनुपर्ने छ।

लेखाइमा फरक प्रयोग गर्ने नगरकोटीको पुस्तक प्रकाशन र विमोचन पनि फरक प्रवृत्तिमा हुने देखिएको छ। पुस्तकको प्रि-बुकिङ अवधारणा नगरकोटीले किन अवलम्बन गरे, पुस्तकलाई यस प्रकार बजारमा ल्याउन के गरिँदै छ भन्नेबारे नगरकोटीले देशसञ्चारसँग कुराकानी गरेका छन्।

प्रकाशित मिति: : 2020-12-12 17:38:00

प्रतिकृया दिनुहोस्