१७ खेलपछि अपराजित चेल्सीको यात्रामा पुर्णविराम

बिएल संवाददाता

काठमाडाै‌ं

 इंग्लिस प्रिमियर लिगमा चेल्सी एभर्टनसँग पराजित भएकाे छ।  

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु टोलीसँग १–० ले पराजित भएकाे हाे।

यससँगै चेल्सीको १७ खेलपछि अपराजित यात्रामा पुर्णविराम लागेको छ। 

सिगुर्डसनले खेलको २२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

पेनाल्टी बक्समा गोलरक्षक इडुआर्ड मेन्डीले डोमिनिक काल्भर्ट लेविनलाई फल गरेपछि रेफ्रीले एभर्टनलाई पेनाल्टी प्रदान गरेको थियो।

६३औं मिनेटमा बिन चिलवेलले पेनाल्टी बक्समा लेविनलाई लडाए। तर  भिएआरले मान्यता दिएन।

 हारसँगै चेल्सीले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ। चेल्सी २२ अंकसहित तेस्रो स्थानमा यथावत छ। 

शीर्षस्थानको टोटेनहम र लिभरपुलको समान २४ अंक छ। 

 एभर्टन २० अंकसहित सातौ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2020-12-13 06:54:00

प्रतिकृया दिनुहोस्