नेपालगञ्जमा सरकारविरुद्ध कांग्रेसको चर्को नाराबाजी (फोटो फिचर)

प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले बाँकेमा पनि बृहत शक्ति प्रदर्शन गरेको छ।  

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रमअनुसार बाँकेमा पनि बिरोध प्रदर्शन गरिएको हो। 

No description available.

सोमबार दिउँसो विरोध  कार्यक्रम पार्टी कार्यालयबाट सुरु भएके थियो।  विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडि पुगे कोण सभामा परिणत भएको थियो। 

आठ वटै पालिकाका नेता कार्यकर्ता सहभागी भएको प्रदर्शनमा सरकारका कार्यशैलीको चर्को आलोचना गरिएको छ।  

No description available.

उनीहरुकोले ओली सरकार अधिनायकवाद तर्फ उन्मुख भएदेखि भष्टाचार, कमिसनको खेलमा नेकपा लागिरहेको नारा लगाएका थिए।
  
कोणसभामा बोल्दै पार्टी सभापति किरण कोइरालाले अब ओली सरकारको विकल्प खोज्ने बेला आएको बताइन्। 

No description available.

उनका अनुसार कांग्रेसले अब सरकारका नराम्रा गतिविधिहरुको  कडा प्रतिवाद गनुका साथै विरोध प्रदर्शनलाई जारी राख्छ।

यस्तै नेविसंघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले वर्तमान सरकार राष्ट्रियता विरोध सरकार भएको आरोप लगाए। उनले अब कांग्रेस सडकमा आइसकेको भन्दै नेकपालाई सजक भएर बस्न सुझाए।  

No description available.

‘वर्तमान सरकार संघीयता विरोध हो। अधिनायकवादी हो। अहिलेसम्म कुनै पनि राम्रा काम गर्न सकेको छैन। त्यसैले इतिहास कै असफल सरकार पनि यही हो, ’ उनले भने।  

विरोध प्रदर्शनमा हजारौं कार्यकर्ता सहभागी भएको कांग्रेस बाँकेले दावी समेत गरेको छ। 

No description available.

सोमबार कांग्रेसले देशभर आयोजना गरेको प्रदर्शनमा बाँकेमा कुनै पनि केन्द्रीय नेता सहभागी थिएनन्।

No description available.

प्रकाशित मिति: : 2020-12-14 19:43:00

प्रतिकृया दिनुहोस्