डिशहोमको डिलरदाईको डिस्काउन्ट अफर: थप २ जनाले पाए जनही १/१ लाख

बिएल संवाददाता

काठमाडाै‌ं

 ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफरअन्तर्गत थप दुई जनाले एक–एक लाख रुपियाँ जित्न सफल भएका छन् ।

मंसिर १९ देखि २५ सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुमध्ये डिशहोमको सेटअप बक्सको क्यास आईडी नं. ७१९११०९७४१९ र ७१९०२४६५४५० रहेका ग्राहकले पुरस्कार जित्न सफल भएका हुन् । 

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेश च्यानल नं. १०१ र रमाइलो टिभीमा प्रत्यक्ष प्रसारण गरी बिजेता गरिने गरेको छ ।

मंसिर २६ गते पुस २ गतेसम्म डिशहोमको आधिकारीक विक्रेताहरुमार्फत फण्ड ट्रान्सफर गरी बार्षिक रिचार्ज गर्ने ग्राहकबाट आउँदो शुक्रबार बिजेता छनौट गरिने जनाइएको छ । 


अब अनलाइनमार्फत पनि पाँच हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई यो अफरमा सहभागी गराइने कम्पनीले जानकारी दिएको छ । 

प्रकाशित मिति: : 2020-12-14 20:57:00

प्रतिकृया दिनुहोस्