किसानको उखुको मूल्य तोक्न संघकाे आग्रह

चीनी मिललाई किसानको उखुको मूल्य तोक्न उखु उत्पादक किसान संघ बाराले आग्रह गरेको छ । 

संघका अध्यक्ष विरेन्द्र कुशवाहले चीनी मिलले उखुको मूूल्य निर्धारण नगरेकोले किसानहरुले खेतमा रहेको उखु नकाट्न आग्रह गरेका छन्। 

उनले किसानलाई उखु चलान नलिन र चीनी मिलमा उखु नपठाउन जिल्लाका सबै किसानलाई सार्वजनिक सूचनामार्फत अनुरोध गरेको बताए। 

चीनी मिलका मालिक, कर्मचारी वा प्रतिनिधि कसैले उखु उत्पादक किसानहरुलाई उखु सप्लाई गर्न वा गराउन लगाएर कुनै अप्रिय घट्ना भएमा सोको  सम्पूर्ण जिम्मेवारी चीनी मिल प्रशासनको हुने उनले  बताएका छन् । 

उनले रिलायन्स सुगर मिल र अन्य मिललाई किसानसँग खेलबाड नगर्न र उखु सप्लाई रोक्ने चेतावनी दिए ।
 

प्रकाशित मिति: : 2020-12-14 22:53:00

प्रतिकृया दिनुहोस्