डिशहाेममा विज्ञापन रहीत स्टार नेटवर्कका सम्पूर्ण च्यानलहरु पुनः सुचारु

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नीतिका कारण २०७७ कार्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सम्पुर्ण च्यानलहरु पुनः सुचारु भएका छन् ।

विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएको डिशहोमले जनाएको छ। 

योसँगै स्टार नेटवर्कका स्टार प्लस एचडी, स्टार गोल लगायतका एक दर्जनभन्दा बढी च्यानहरु पुन प्रशारणमा आएकाे कम्पनिले जनाएकाे छ। 

प्रकाशित मिति: : 2020-12-15 17:48:00

प्रतिकृया दिनुहोस्