अध्यक्ष ओली सहभागी भएपछि नेकपा स्थायी कमिटी बैठक सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएपछि नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजे सुरु भएको हो।

यसअघि अध्यक्ष ओलीले प्रचण्डसँगकाे ‘वान टु वान’ वार्तामा आफूमाथिकाे लाञ्छनापत्र हुने छलफलमा सहभागी नहुने आफ्नाे अडान सुनाएका थिए।

ओलीले प्रण्डकाे १९ पुष्ठकाे राजनीतिक प्रस्तावलाई लाञ्छनापत्रकाे संज्ञा दिँदै आइरहेका छन्।

तर, स्राेतले भने ओलीले संवैधानिक परिषद्सम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएपछि बैठक सुरु भएकाे बताए।  

ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको स्रोतले जनाएको छ।

यता संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा फरक–फरक तीनवटा रिट दर्ता भएका थिए।

तीनवटै रिट सुनुवाइका लागि शुक्रबार संवैधानिक इजलासमा पेश हुने तयारीमा थियाे। 

अध्यादेश खारेजी माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कन्चनकृष्ण न्यौपानेले अलग-अलग रिट दायर गरेका थिए।

 

 

प्रकाशित मिति: : 2020-12-16 16:05:00

प्रतिकृया दिनुहोस्