पुस १० मा खुल्छ त फिल्म हल ?

रातोपाटी

काठमाडौँ

कुवेर गिरी

 कोरोना सङ्क्रमणको डरले गत चैतमा सरकारले प्रतिबन्ध लगाएको यातायात, होटल व्यवसायदेखि बन्द व्यापारसम्म अधिकांश क्षेत्र खुलिसकेका छन् । तर फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । सबै क्षेत्र खुलिसक्दा पनि सरकारले फिल्म क्षेत्रको अझै किन खुलेन ? कहिले खुल्छ फिल्म क्षेत्र ? यस प्रश्नको जबाफ न त फिल्म क्षेत्रका कुनै सङ्घसंस्थासँग छ, न फिल्म क्षेत्र हेर्ने सरकारको आधिकारिक निकाय चलचित्र विकास बोर्डसँग । सबै सङ्घसंस्था अन्योलमा नै रहेका छन् ।

फिल्म प्रदर्शकहरूको छाता सङ्गठन चलचित्र सङ्घले भने यो अन्योल चिर्ने उद्देश्यले गत सोमबार सरकारले खुल्ला नगरे पनि पुस १० गतेबाट फिल्म हल खोल्ने निर्णय गरेको छ । सङ्घको यो निर्णयलाई कतिपयले स्वागत योग्य कदम मानेछन् भने कतिपयले हतारिनु नहुने पनि बताएका छन् । कतिपय पुस १० अगाडि नै फिल्म हल खुल्नेमा ढुक्क देखिन्छन् ।

कतिपय यस्ता पनि छन् जो फिल्म हल खुले पनि दर्शक देखिने र नयाँ फिल्म रिलिज हुनेमा शङ्का गर्छन् । केही भने पुरानै फिल्म रिलिज गरेर भए पनि फिल्मी माहोल पुनः फर्काउन फिल्म हल खोल्नुपर्ने धारणा अगाडि सार्दै आएका छन् ।

चलचित्र सङ्घको हल सञ्चालनको निर्णय कस्तो लाग्यो ? के दर्शक आउलान् त ? यस्तो अवस्थामा पनि नयाँ फिल्म रिलिज होला त ? यस विषयमा हामीले फिल्मसम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग जिज्ञासा राखेका छौँ । प्रस्तुत छ उनीहरूको धारणा जस्ताको तस्तै ।

प्रकाशित मिति: : 2020-12-17 11:44:00

प्रतिकृया दिनुहोस्