प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । 

शनिबार बिहान प्रधानमन्त्री ओली ३ बर्षपछि खुमलटार पुगेका हुन् ।

नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् । 

प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो । 

ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए ।

प्रकाशित मिति: : 2020-12-19 11:13:00

प्रतिकृया दिनुहोस्