संसद विघटन गर्ने प्रधामन्त्रीको कदमलाई राजनीतिक रुपले प्रतिवाद गर्छाैं: कांग्रेस

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताविश्वप्रकाश शर्माले संसद विघटन गर्ने प्रधामन्त्रीको कदमलाई राजनीतिक रुपले प्रतिवाद गर्ने बताएका छन्।

आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए।

विघटन गर्न प्रस्ताव गरेको केही समयमा नै कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हुन आग्रहसमेत गरेको छ।

‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ। संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं।अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ’, प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति: : 2020-12-20 11:31:00

प्रतिकृया दिनुहोस्