कांग्रेस चुनावसँग डराउँदैन: शेखर कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले ६ महीनाभित्र चुनाव हुने कुरामा कांग्रेस नडराउनले बताएका छन्। 

मन्त्रिपरिषद्बाट संसद विघटनको सिफारिश गरेलगत्तै विराटनगरको कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताएका हुन्। 

 उनले भने, ‘६ महीनाभित्र चुनाव हुने कुरामा कांग्रेस डराएको छैन। कांग्रेस चुनावसँग पनि डराउँदैन।’

 तर उनले संसद विघटन असंवैधानिक भएको बताए। ‘प्रधानमन्त्री ओलीले पेश गरेको सिफारिस पत्रबारे राष्ट्रपतिले विज्ञसँगै विपक्षी दलसँग सरसल्लाह गरी अघि बढ्नु पर्छ,’ उनले भने।

नेकपाको आन्तरिक किचलोले लोकतन्त्रलाई असर गरेको बताए।

‘दुइतिहाई सरकार समेत विघटनमा पुग्नुको पछाडि प्रधानमन्त्री जिम्मेवार छन्।  प्रधानमन्त्री ओलीले व्यवस्थापन नगरी संविधानमाथि आक्रमण गरे। आजको दिन लोकतन्त्रको लागि कालो दिन हो। पार्टीको केन्द्रीय समिति बैठक बसेर बाँकी निर्णय गरिनेछ।’

प्रकाशित मिति: : 2020-12-20 12:49:00

प्रतिकृया दिनुहोस्