प्रचण्ड – नेपाल पक्षका ७ मन्त्रीले दिए राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति असन्तुष्टि जनाउँदै ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । 

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

No description available.

प्रकाशित मिति: : 2020-12-20 16:29:00

प्रतिकृया दिनुहोस्