पीएसजीलाई रोक्दै लिल शीर्षस्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई रोक्दै लिल शीर्षस्थानमा स्थानमा उक्लिएकाे छ।

प्रशिक्षक थोमस टुचेलले ७७औं मिनेटमा केलियन एमबाप्पेलाई मैदानमा उतारेपनि गोल गर्न नसक्दा पीएसजी जितबाट वञ्चित बन्यो। 

चोटका कारण नेयमार नहुदा र अर्का फरवार्ड एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसी लिलसँग बराबरीमा रोकिएको हो।

यो बराबरीले पीएसजीले शीर्षस्थानमा उक्लने सुवर्ण अवसर खेर फाल्दा लिलले गोल अन्तरमा लियोनलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ।

लिलको १६ खेलबाट ३३ अंक पुगेको छ। समान खेलबाटै लियोनको पनि ३३ अंक नै छ। पीएसजी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2020-12-21 08:36:00

प्रतिकृया दिनुहोस्