पहिलाे राष्ट्रपतीय चुनावमा रुसी दखलबारे झुट बोलेका १५ सहयाेगीलाई दिए ट्रम्पले माफी

राष्ट्रपतीय शक्ति प्रयोग गरि चार वर्ष पहिलेको चुनावमा रुसी दखलबारे भएको अनुसन्धानको क्रममा संघीय अनुसन्धान ब्यूरो (एफबिआई)लाई झुट बोलेकोमा दोषी ठहर भएकाहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी प्रदान गरेका छन्।

दोषी ठहर भएका जर्ज पापाडोपोलोस र एलेक्स भान डेर ज्वानसहति १५ जनालाई उनले माफी दिएका हुन्।

उनीहरुले चार वर्ष पहिलेको चुनावमा ट्रम्पलाई सहयोग पुग्ने गरि रुसले दखल दिएको अभियोगका सम्बन्धमा भएको अनुसन्धानको क्रममा झुट बोलेका थिए।

तर उनीहरुलाई सम्पूर्ण कानूनी जोखिमबाट मुक्त हुने गरि माफी प्रदान गरिएको जनाइएको छ। 

जर्ज ट्रम्पको चुनावी अभियानका पूर्व सहयोगी हुन् भने ज्वान अधिवक्ता हुन्।

जर्ज सन् २०१७ मा दोषी ठहर भएका थिए।

सन् २०१६ को चुनावमा रुसी दखलबारे भएको अनुसन्धानको क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिलो सहयोगी थिए। उनले ट्रम्पले रुसी अधिकारसँगको भेटेको भन्दै झुट बोलेका थिए।

यता ज्वानले विशेष काउन्सिल रोबर्ट मुलरको अनुसन्धानको क्रममा झुट वक्तव्य दिएका थिए।

जर्ज र ज्वानले केही समय जेल सजाय पनि भोगेका थिए।

जर्ज एफबिआईलाई दुई रुसी अधिकारीसँग आफूले ट्रम्पको चुनावी अभियानमा जोडिनु पूर्व भेटेको बताएका थिए।

तर वास्तवमा उनले अभियानमा जोडिएपछि भेटेका पुष्टि भएको थियो।

Trump Pardons Two Russia Inquiry Figures and Blackwater Guards - The New  York Times

यसैगरी ट्रम्पले चुनावी अभियानको रकम अनियमितताको आरोपमा दोषी ठहर भएका पूर्व सांसद डकन हन्टरलाई पनि माफी प्रदान गरेका छन्।

यस्तै उनले पूर्व सांसद क्रिस कोलिन्सलाई पनि माफी प्रदान गरेका छन्।

ट्रम्पले रिपब्लिकन पार्टीका दुई पूर्व सांसद तथा सन् २००७ मा इराकमा भएको आमहत्यामा संलग्न चार सुरक्षा गार्डलाई पनि माफी प्रदान गरेका छन्।

ट्रम्पले आउँदो महिना सत्ता छोड्नु पूर्व अरु धेरै व्यक्तिलाई माफी प्रदान गर्ने सम्भावना छ।

अमेरिकामा सत्ताबाट बिदा हुँदै गरेका राष्ट्रपतिले कानूनी प्रक्रिया मार्फत न्याय प्राप्त गर्न नसकेकाहरुलाई माफी प्रदान गरि उनीहरुको दोष मेट्ने चलन छ। 

प्रकाशित मिति: : 2020-12-23 08:06:00

प्रतिकृया दिनुहोस्