नेकपा (प्रचण्ड)का कार्यकर्ताकाे राँके जुलुसमा ढुंगा हानाहान

बिएल संवाददाता

काठमाडाै‌ं

संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड)का विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा राँके जुलुसमा निकालेका छन्।

बिहीबार साँझ बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म जुलुस निकालिएकाे हाे।  

जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो।

दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए।

उनले भने, ‘राँको खोस्दा घम्साघम्सीपछि समातिएको भए केहीवेरपछि छुट्छन्।’

प्रकाशित मिति: : 2020-12-24 20:12:00

प्रतिकृया दिनुहोस्