२५ लाख लगानीमा पूर्व मिस नेपाल अनुष्काले सुरू गरिन् 'माकुस्से'

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

पुष्टकारी र गुँदपाक, कुनै बेला काठमाडौंको मिठाइ बजारको राजा। काठमाडौंको कोसेली पनि जो देशका कुनाकन्दरासम्म पुग्थ्यो।  

अधिकांश काठमाडौंबासीले स्वाद मानीमानी मुखमा घुलाउने पुष्टकारी र गुँदपाकलाई पछिल्लो दशक विदेशी मिठाइले पछाडि पार्दै लगेको छ। स्थानीय र यसको स्वादमा रमेकामाझ यसको मोह बाँकी भए पनि नयाँ पुस्ताको धेरै चासो देखिन्न।   

आकर्षक प्याकेजिङ र विभिन्न स्वादका ब्रान्डेड मिठाइका अगाडि हातैले बनेका र साधारण पोकामा बेरिएका पुष्टकारी-गुँदपाक कसले रूचाओस्?

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ यस्तै सोच्थिन्। आफूले रमाइरमाइ खाँदै हुर्केको प्रिय मिठाइको उनलाई साँच्चै माया लाग्यो। सोचिन्, 'हाम्रो यो रैथाने मिठाइलाई पनि ब्रान्डेड चकलेटझैं फैलाउन पाए?'

अनुष्काले यसलाई सोचमा मात्र सीमित गरिनन्। काम थालिन्। करिब आठ महिना बजार अध्ययन गरिन्।

सबै चाँजो मिलेपछि सुरू भयो- 'माक्कुसे'।

प्रकाशित मिति: : 2020-12-25 12:20:00

प्रतिकृया दिनुहोस्