म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि सहज जित निकालेको छ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले २–० को सहज जित निकालेको हो।
सिटीको जितमा इल्केए गुन्डोगान र फेरान टोरेसको गोल गरे।
खेलको १४औं मिनेटमा रहिम स्टर्लिङको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए।
५५औैं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। थप गोल निस्कन नसक्दा २–० ले विजयी हुन सफल भयो।
जितसँगै सिटी १४ खेलबाट २६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पराजित न्यु क्यासल १८ अंक जोडेर १२औं स्थानमा रहेको छ।