राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् ।

उनले ३७ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । 

मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन्। तर प्रदेश १ मा प्रचण्डसमूहलाई सरकार बनाउन बहुमत पुग्ने देखिन्छ।

९३ सदस्य रहेकाे प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७, नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सदस्य छन्।

प्रकाशित मिति: : 2020-12-27 11:38:00

प्रतिकृया दिनुहोस्