चीनको पूर्वी क्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमणबाट ७ जनाको हत्या, अरू ७ घाइते

(AFP via Getty Images)
(AFP via Getty Images)

चीनको उत्तरपूर्वी प्रान्त लिओलिंगमा एक व्यक्तिले छुराले अन्धाधुन्ध हान्दा सात जनाको मृत्यु भएको छ। घटनामा अरु सातजना घाइते भएको जनाइएको छ।

लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा सो घटना स्थानीय समअनुसार आइतबार करिब ८ बजेतिर सुरु भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले मानिसलाई जथाभावी छुरा हान्दै हिँडेका थिए। ती व्यक्ति कि मानसिक रोगी कि कसैलाई बदला लिन उनले त्यसो गरेको अनुमान गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार यो हमाल स्कुलको बाहिर भएको थियो। जसको सिकार धेरैजसो अधबैंसे र वृद्ध उमेरका महिला भएका छन्।

प्रहरीले हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर आक्रमको उद्देश्य अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

आरोपित व्यक्तिलाई पक्राउ गर्ने क्रममा एक प्रहरीसमेत घाइते भएका छन्।

चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन्।

प्रकाशित मिति: : 2020-12-28 07:51:00

प्रतिकृया दिनुहोस्