गण्डकी प्रदेशमा नेकपाका दुबै पक्षले बाेलाए संसदीय दलको बैठक

गण्डकी प्रदेशमा नेकपाका दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन्।

नेकपा (प्रचण्ड)को बैठक सोमबार दिउँसो बसेको छ। बैठकमा सभामुखबाहेक १२ जना सहभागी भएका छन्।

नेकपा (ओली) पक्षको प्रदेश कमिटिको बैठक अहिले चलिरहेको छ। बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रदेशमा जनमोर्चाको समर्थन पाएपछि ओली समूह बलियो देखिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउन १५ मत चाहिन्छ।

गण्डकीमा नेकपा (ओली) का २७ र नेकपा (प्रचण्ड)का १३ (१२ जना प्रचण्ड र १ जना नेपाल पक्षका), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।

गण्डकी प्रदेश सभामा कांग्रेसकाे १५ सदस्य छन्। 

प्रकाशित मिति: : 2020-12-28 13:31:00

प्रतिकृया दिनुहोस्