चिनियाँ टोलीले प्रचण्ड र नेपाललाई भेट्यो

बिएल संवाददाता

काठमाडाै‌ं

चिनियाँ कम्युनिस्ट पार्टीका टोलीले नेकपा (प्रचण्ड)का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेको छ। 

दाहाललाई उनको निवास खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले प्रचण्डलाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए। 

भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ। टोलीले आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने छ।

टोलीले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेको थियो। 

प्रकाशित मिति: : 2020-12-28 13:43:00

प्रतिकृया दिनुहोस्