उखु संघर्षमै गयो ज्यान

तुलसी सुवेदी/उपेन्द्र अर्याल/राजकरण महतो

सरकारसँग सोमबार सहमति भए पनि उखु किसान ६४ वर्षीय नारायण राय यादव भुक्तानी नपाइएला कि भनेर ‘चिन्तित’ थिए। यादवले अन्नपूर्ण चिनी मिलबाट झन्डै २४ लाख रुपैयाँ बक्यौता पाएका रहेनछन्। यसपटक आन्दोलनकै बेला १ लाख ६० हजार रुपैयाँ भने पाए। उनै किसान यादवको मंगलबार हृदयाघातका कारण निधन भएको छ।

सर्लाहीको धनकौल–७ छोटवलका यादवको मंगलबार बिहान करिब ९ बजे सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो। उनी आन्दोलनमा सहभागी हुन मंसिर ३० गते काठमाडौं आएका थिए। काठमाडौं आएदेखि जोरपाटीस्थित कृष्ण मन्दिरमा बसेका थिए। बिहान आन्दोलन गर्न माइतीघर पुग्थे र बेलुका फर्किन्थे।

तर, मंगलबार एकैचोटि उनी बिरामी परेको खबर गौशालामा बस्ने साथीहरूलाई आएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘मंगलबार बिहान जोरपाटीबाट एक्कासि साथीहरूको फोन आयो– यादवलाई छाती दुखेर गाह्रो भयो’, संरक्षक मिश्रले भने, ‘यहाँबाट केही साथीहरू गयौं।’ उनलाई सुरुमा चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँका डाक्टरले अवस्था अलिक गम्भीर छ भनेर गंगालालमा रेफर गरेका थिए।

प्रकाशित मिति: : 2020-12-30 11:44:00

प्रतिकृया दिनुहोस्