इंग्लिस प्रिमियर लिगमा एभर्टन वेस्ट ह्याम युनाइटेडसँग स्तब्ध बनेको छ।
गुडिसन पार्कमा शुक्रबार राति भएको खेलमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग १–० ले पराजित भएकाे हाे।
एभर्टनलाई स्तब्ध पार्न वेस्ट ह्यामका थोमस सौसेकले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो।
यो हारले एभर्टनले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। एभर्टन १६ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ।
समान २९ अंक रहेपनि लेस्टर सिटी गोलअन्तरमा अघि रहेको छ। वेस्ट ह्याम २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ।