चेल्सीविरुद्ध सिटीका ५ खेलाडी मैदान नउत्रिने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेष्टर सिटी बीचको खेल हुँदैछ। 

तर कोरोना रिपोर्ट पोजेटिभ आएपछि लण्डन क्लबविरुद्ध खेल्दा सिटीका ५ खेलाडी भने टिम बाहिर रहनेछन्। 

केल वाल्कर र गाब्रीएल जेसस र अन्य तीन खेलाडी अहिले आइसोलेसनमा छन्।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अहिले नाम भन्न नमिल्ने बताए। ‘मलाई लाग्दैन कि प्रिमियर लिगले हामीलाई नाम भन्न दिन्छ तर आइतबार तपाईलाई नाम थाहा हुनेछ,’ ग्वार्डिओलाले भने।

यता २०२० डिसेम्बर २८ मा गुडिसन पार्कमा एभरटनविरुद्ध  तय भएको सिटीको खेलमा केही खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण स्थगित गरिएको थियो। तीबाहेक अन्य खेलाडीहरुको परीक्षण भने नेगेटिभ आएको छ।

ग्वार्डिओलाले सिटीसँग पर्याप्त खेलाडी रहेको तर कोरोना परीक्षणको रिपोर्ट त्यही दिन आएकाले स्थगित भएको बताए।

 ‘हामी खेल्न चाहन्थ्यौँ तर खेलको दिन अरु नयाँ पोजेटिभ केस आएपछि हामीले प्रिमियर लिगलाई जानकारी गरायौँ,’ उनले भने, ‘मैले व्यक्तिगत रुपमा एभरटनका म्यानेजर कार्लो एन्सेलोट्टीलाई फोन गरेर अवस्थाको बारेमा भनेको थिएँ किनकी अघिल्लो दिन हामीसँगै थियौँ।’
 

प्रकाशित मिति: : 2021-01-02 09:37:00

प्रतिकृया दिनुहोस्