प्रचण्डमाथि ओलीको व्यंग्य: डुब्लिकेटलाई के कार्यकारी बनाइदिएकाे थिएँ, पार्टी हाइज्याक गर्न खाेजे

प्रधानमन्त्री केपी शर्मा ओलीले बच्चाको उखान सुनाउँदै प्रचण्ड डुब्लिकेट भएको बताएका छन्। 

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौं जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको डुब्लीकेट रहेको बताएका हुन्।

उनले भने,‘दुई नानी थिए। एक नानीले खेलौना बोकेपछि अर्को नानीले केही बेर खेल्न देउ न भनेर माग्यो। केही समय खेलाएपछि अर्को नानीले भनिन्– यो त मेरो हो भन्यो। कस्तो प्रचण्ड जस्तै डुब्लीकेट रहेछ? 

उनले पद दिँदा पार्टी नै हाइज्याक गरेको समेत आरोप लगाए। ‘पार्टीमा कार्यकारी पद के दिएकाे थिएँ, सबै नै मेरै भनेर हाइज्याक गर्न खाेजे,’ प्रधानमन्त्री ओलीले भने।

ओलीले आफूले नेतृत्व गरेको नेकपा नै असली नेकपा भएको भन्दै  सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताए।

‘नेकपाको आधिकारिकता हामीसँगै छ। उहाँहरु (प्रचण्ड–माधव नेपाल) समूह असली होइन। ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो,’ उनले भने।  

उनले प्रचण्ड र नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी समेत गरे। 

‘त्रिशूली नदीमा फोहोर परेको देख्नु भयो भने छालले त्यसलाई किनारमा फ्याक्छ। नेपालको कम्युनिष्ट आन्दोलनले त्यसैगरी फोहोरलाई फ्याक्छ,’ उनले भने । 

प्रकाशित मिति: : 2021-01-02 17:29:00

प्रतिकृया दिनुहोस्