जनवरी ६ मा वाइडेनको जितलाई प्रमाणिकरण गरिने

राष्ट्रपतिमा निर्वाचित जो वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट अन्तिम प्रयासमा रिपब्लिकन सिनेटरहरु लागेका छन्।

जनवरी ६ मा सदनले वाइडेनको जितलाई प्रमाणिकरण गर्ने तालिका छ।

वाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ३०६ इलेक्टोरल कलेज मत पाएर जित हाँसिल गरेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले मात्रै २३२ इलेक्टोरल कलेज मत पाए। इलेक्टोरल कलेज मतलाई जनवरी ६ मा सदनले प्रमाणिकरण गर्नु पर्छ।

तर बिना कुनै प्रमाण नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको ट्रम्पले आरोप लगाउँदै आएका छन्।

 केही रिपब्लिकन सिनेटरहरुले टेड क्रुजको नेतृत्वमा ११ सिनेटर कमिसन खडा नगरिएसम्म वाइडेनको जितलाई प्रमाणिकरण नगर्ने बताएका हुन्।

उनीहरुले सदनबाट हुने प्रमाणिकरणका लागि १० दिन ढिलाइ गरिनु पर्ने बताएका छन्। 

यसअघि राष्ट्रपति ट्रम्पको चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने कानूनी प्रयास गरेका थिए। तर प्रमाणको अभावमा अदालतहरुले खारेज गरेका छन्।

त्यसपछि उनले इलेक्टोरल कलेज मतदातालाई प्रभावित गर्ने प्रयास गरेका हुन्। त्यसमा पनि सफल नभएपछि नतिजा उल्ट्याउनका लागि सिनेटको अन्तिम विकल्प अपनाउने प्रयास गरेका हुन्।

वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले जनवरी २० मा शपथ लिँदै छन्।

प्रकाशित मिति: : 2021-01-03 09:13:00

प्रतिकृया दिनुहोस्