नेकपा (प्रचण्ड)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ। पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अगाडि बैठक सुरु भएको हो।

संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो।

यसअघि पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ।

प्रकाशित मिति: : 2021-01-03 14:49:00

प्रतिकृया दिनुहोस्