घरेलु मैदानमा सिटीसँग हार्‍याे चेल्सी

बिएल संवाददाता

काठमाडाै‌ं

लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको छ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी सिटीसँग ३–० ले पराजित भएको हो। 

 १८औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई अघि बढाए। उनले फिल फोडेनको पासमा गोल गरेका थिए।

२१औं मिनेटमा केभिन डि ब्रुयनको पासमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

 ३४औं मिनेटमा डि ब्रुयनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० ले अघि बढाए।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कलुम हड्सन ओडोइले गोल गरेपनि उक्त गोल चेल्सीका लागि सान्त्वना गोल बन्यो।

चेल्सी १७ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा झरेको छ। चेल्सीलाई हराएको सिटी १५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2021-01-04 09:01:00

प्रतिकृया दिनुहोस्