मिटर रिडरले नै गर्न खाेजे बालिकालाई बलात्कार

संकेतिक तस्वीर
संकेतिक तस्वीर

१३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङको बेलबारीस्थित विद्युत प्राधिकरणका एक कर्मचारी पक्राउ परेका छन्।

सुन्दरहरैँचा नगरपालिका २ का ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ गरिएको हो। 

 इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार रिजाल प्राधिकरण बेलबारी शाखाका मिटर रिडर हुन्। 

गत आइतबार प्राधिकरणले खटाए अनुसार उनी मिटर रिडिङ गर्न जाने क्रममा बेलबारीकी बालिकामाथि बलात्कार प्रयास गरेको उनले बताए।  

‘मिटर रिडिङ गर्न पुगेका रिजालले घरमा एक्लै भएको अवस्थामा जबरजस्ती तानेर बालिकालाई बलात्कार गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पक्राउ गरिएको हो,’ ढकालले भने। 

पक्राउ परेका रिजालविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान थालिएको छ। 

प्रकाशित मिति: : 2021-01-05 13:58:00

प्रतिकृया दिनुहोस्