नयाँ वर्ष सुरु हुँदैमा सबै कुरा राम्रो हुन्छ भन्ने भ्रममा म छैन: बाजपेयी

नयाँ वर्ष सुरु हुँदैमा सबै कुरा राम्रो हुन्छ भन्ने भ्रम आफूलाई नभएको अभिनेता मनोज बाजपेयीले बताएका छन्। 

आएएएनएससँग कुरा गर्दै अभिनेता बाजपेयीले भने,‘परिणाम राम्रो हुन्को लागि कर्म पनि राम्रो हुनुपर्छ।’ 

हालै प्रदर्शित सिनेमा ‘सुरज पे मङ्गल भारी’ मा देखिएका बाजपेयीको निकट भविष्यमा प्रदर्शित सिनेमा ‘सत्यमेव जयते २’ हो। 

२३ अप्रिल १९६९ को दिन नरकटीया गन्ज (बिहार), भारत मा जन्मेका बाजपेयी द्वारा अभिनित अन्य सिनेमा हरुमा शुल, पिन्जर, राजनीति, स्वामी, रुख आदि हुन्।

प्रकाशित मिति: : 2021-01-05 17:53:00

प्रतिकृया दिनुहोस्