जर्जिया रनअफ चुनाव: मतपरिणाम अझै आउन सकेन

बिएल संवाददाता

न्यूयाेर्क

जर्जियामा मङ्गलबार भएको सिनेटको चुनावको मत गणना जारी छ।  यो समाचार तयार पार्दासम्म नतिजा आएको छैन। 

यो चुनावमा रिपब्लिकन पार्टीका केली लोफ्लर र डेभिड पर्डयुले डेमोक्र्याटिक पार्टीका जोन ओसफ र राफल वार्नकविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्। 

बुधबार बिहानै डेमोक्र्याटिक उम्मेदवार वार्नकले लोफ्लरविरुद्ध विजय हासिल गरेको घोषणा गरेपनि मत गन्ने कार्य हालसम्म जारी छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनलाई सिनेटमा पूर्ण नियन्त्रण हासिल गर्नको लागि यी दुवै सिट जित्न जरूरी छ तर रिपब्लिकन पार्टीलाइ भने एक मात्र सिट जिते पनि बहुमत हासिल हुनेछ।

प्रकाशित मिति: : 2021-01-06 18:24:00

प्रतिकृया दिनुहोस्