बिल्वाओमाथि बार्सिलाेनाकाे रोमाञ्चक जित

बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ।

बिल्वाओमा बुधबार राति भएको खेलमा घरेलु टोलीले बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो। 

खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो।

तर, १४औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

३८औं मिनेटमा पेड्रीको पासमा कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए। 

६२औं मिनेटमा मेस्सीले एन्टोइन ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए।

इन्ज्युरी समयमा इकर मुनिएइनले गोल गरे। जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।

बार्सिलोना शीर्षस्थानको एट्लेटिको मड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ।

पराजित बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-07 07:56:00

प्रतिकृया दिनुहोस्